जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण गोष्ठी जानकी ९ अमरावतीमा सप्पन्न।

नेत्रप्रसाद न्यौपाने प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण
नेत्रप्रसाद न्यौपाने
लम्की,भदौ १४
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा शुक्राबार जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन भएको छ । संयुत्त राष्ट्र संघ वातवरणीय कार्यक्रमको आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन नेपालको प्रविधिक सहयोगमा सामाजिक विकास तथा अनुसन्धान केन्द्र नेपाल बा“केको अयोजनामा जानकी गाउँपालिकाको अमरावतीमा गोष्ठी शुरु भएको हो । गोष्ठीमा संस्थाले जानकी गाउँपालिकाको वडा नम्बर ९का धनुवाफाटा,कुन्ती र बक्लौवा गरि ३ ओट टोलमा जलवायु परिवर्तन सम्बन्धीका कार्यक्रम सन्चालन गर्ने जस अन्तगर्त संस्थाले ३ वटा समुदायका ३ सय ८५ घरधुरीलाई समावेश गरेको र परियोजनाले २ वर्ष सम्म काम गर्नका लागी २१ लख ५६ हजार रकम विनियोजन समेत गरेको सामाजिक विकास तथा अनुसन्धान केन्द्र नेपाल बा“केका परियोजना संयोजक सुरेन्द्र बहादुर ठगुन्नाले जानकारी दिनुभएको छ । संस्थाले समुदायहरुको जलवायु परिवर्तन अनुकुलन क्षमता बृद्धी गर्न जिविकोपार्जनका क्रियाकलापहरु गर्ने,सरोकारवाल निकाय र स्थानिय सरकारलाई जलवायु परिवर्तन यसका असर तथा अनुकुलनका उपायहरुबारे सु सुचित गर्ने, जलवायु परिवर्तनका नकरात्मक प्रभाव कम गर्न प्राकृतिक स्रोतहरुको संरक्षण तथा व्यवस्थापन गर्ने,सरोकारवाल निकाय स्थानिय सरकार र समुदाय बिचको छलफलबाट वातावरण मैत्री एवम अनुकुलनका निती योजना तथा कार्यक्रम निर्माण गर्न अभिप्रेरित गर्ने उद्धेश्य राखेको्र प्राक्टिकल एक्सन नेपालका प्रबन्धक निर्देशक देवद्त भट्टले बताउनु भयो । भट्टले यस कार्यक्रम बाट समुदायका सबै व्यत्तीहरु जनकार भई जलवायु परिवर्तन अनुकुलन सम्बन्धी जानकार हुने विश्वास समेत व्यक्त गर्नुभयो । गोष्ठीमा वडा नम्बर ९ अन्र्तगतका धनुवाफाटा,कुन्ती र बक्लौवामा रहेका सहकारी संस्था,सामुदायिक वन,बड्घर र समुदायमा गठीत समितिका पदाधिकारीहरुको उपस्थीती रहेको थियो । गोष्ठीमा जानकी गाउँपालिका वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष शेर बहादुर विश्वकार्मले वडा नम्बर ९ मा जलवायु परिवर्तन संवेदनशिलता परियोजना लागु भएको तथा वडा लाई छनोट गरेकोमा संस्थालाई धन्यवाद दिदै स्थानिय सरकार आएपश्चात जनताका थुप्रै चाहना आवश्यकता तथा योजना भएको हुदा उक्त कार्यमा संस्थाले वडा संग हातेमालो गरेकोमा थप बल पुगेको बताउनु भयो । कार्यबहाक अध्यक्ष विकले संस्थालाई कार्यक्रम गर्दा तथा योजना निर्माण गर्दा स्थानिय सरकारका रुपमा रहेको वडा कार्यालय लाई जानकारी गराई काम गर्नुपर्ने बताउनु भयो । उहाले विगतका दिनमा समेत विपद व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी वडा अन्र्तगतमा रहेका समुदायलाई तालिम गोष्ठी जस्ता कार्यक्रम सन्चालन गरेको बताउदै अब यस्ता किसिमका कार्यक्रम स्थानिय सरकारले नै गर्नुपर्ने र त्यसका लागी आफुले पहल गर्ने बताउनु भयो । कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य कल्पना खड्का,विजय रावलको समेत उपस्थिती रहेको थियो । गोष्ठीलाई प्राक्टिकल एक्सन नेपालका प्रबन्धक निर्देशक देवद्त भट्ट,सामाजिक विकास तथा अनुसन्धान केन्द्र नेपाल बा“केका परियोजना संयोजक सुरेन्द्र बहादुर ठगुन्ना,परियोजना अधिकृत रमेश गौतमले सहजिकरण गर्नुभएको कार्यक्रमको सन्चालन परियोजनाका सामाजिक परिचालक फागुरा चौधरीले गर्नुभएको थियो ।