गुजारातमा कच्छ गोर्खा समाजद्वारा भब्य तिज कार्यक्रम हुँदै ।

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरु अनि विशेष गरेर नेपाली नारीहरु लाई महान चाड हरितालिका तिजको हार्दिक शुभकामना ब्यक्त गर्दै । भारतको कच्छ गुजारातको गान्धीधाम मा रहनु भएका नेपालीहरुको संगठन कच्छ गोर्खा समाजले तिजको कार्यक्रम गर्ने भएको छ ।

यो समाज ले अहिलेसम्म विभिन्न प्रकारका सामाजिक कार्यहरुमा जोड दिदै प्रदेशमा रहेका नेपालिहरुको लागि थुप्रै कार्यक्रम हरु गरेको छ। यसभन्दा पहिले कार्यक्रमहरु मार्फत धेरैलाई सहयोग पनि गरिसकेको छ ।

समग्र रुपमा यसले अहिले सम्पुर्ण प्रबासी नेपालीहरुको भावनालाई बुझ्दै सबैको एउटा बिश्वास बनेको छ। अब हुने तिज कार्यक्रमको लागि नेपाल देखि कलाकारहरु लोकगायिका टीका पुन र गाएक धनराज चुनारा आउदै हुनुहुन्छ । कार्यक्रमको तयारी लकभक सकिएको छ , यस पटकको कार्यक्रम बाट हुने मुनाफाले गुजारातमा रहेका नेपालीहरुका बालबालिकाहरु अभिभावक संगै बसेर अध्ययन गरिरहेका भए त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्ने योजना बनेको छ।

कार्यक्रममा सधै झै थुप्रै नेपालीहरुको जमघट हुनसक्ने अनि सफलता पुर्बक सम्पन्न हुनसक्ने आयोजक समितीले बताएको छ। कार्यक्रम तपशिल बमोजिम रहनेछ ।

मिति:- 01/09/2019
समय:- साझ 4 बजे देखि 11 बजे सम्म
स्थान:- प्रभु दर्शन हल / आदिपुर