रमेश सोडारी र कविता नेपालीको अभिनयमा” क्या हो त कान्छी ” सार्बजनिक ( भिडियो सहित)

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

काठमाडौ,पछिल्लो समयकि ब्यस्त मोडेल कविता नेपाली र म्युजिक भिडियो हुँदै चलचित्रमा समेत नायकको भुमिका निर्बाह गरिसक्नु भएका नायक एबम मोडल रमेश सोडारीको अभिनयमा” क्या हो त कान्छी” बोलको गितको भिडियो सार्बजनिक भएको छ।

गीतकार डा. डीआर उपाध्यायको रचनामा मिना निरौला र सागर अधिकारी‘शरद को ´स्वर र सागरकै सङ्गीत रहेको गीतलाइ माइकल चन्दले निर्देशन गरेका छन भने उत्सब दाहालले छायांकन गरेका छन। भिडियो लाई शिलन लम्सालले सम्पादन गरेका हुन।

गित जस्तै भिडियो पनि राम्रो बनेको र दर्शक बाट पनि राम्रो प्रतिक्रिया आएको नायक रमेश सोडारीले बताउनु भयो आगामी दिनमा पनि निरन्तर यसै फिल्डमा रहनको लागि कडा मेहनत समेत गरिरहेको उहाले भनाइ छ।