हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने ।

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने । गैरआवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९ -२०२१ को लागि अन्तरास्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ।

संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ भने,त्यस पछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै हुनुहुन्छ। अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गर्नु भएका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गर्नु भएको छ।

कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनु भएको छ । समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित हुनुहुन्छ । दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउनु भएको छ । संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध हुनुहुन्छ।