हजार जुनिसम्म को अफिसियल ट्रेलर रिलिज (भिडियो)

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

आर्यन सिग्देल,स्वस्तिमा खड्का र सलोन बस्नेत स्टारर सिनेमा ‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन ३० गतेबाट प्रदर्शनमो तयारमा रहेको सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता आर्यन सिग्देललाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमाको ट्रेलर इन्टरनेतमा रिलिज गरिएको हो।

एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । साउन ३० मा रिलिज हुने भनिएको ‘हजार जुनीसम्म’ ‘साहो’कै कारण १ साता पछाडी सरेको थियो । सम्पादनको काम नसकिएको भन्दै ‘साहो’ भदौ १३ मा पुगेपछि पुनस् ‘हजार जुनीसम्म’ आफ्नै पुरानो मिति साउन ३० मा फर्किएको हो।

विकास राज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । कविता रेग्मी हजार जुनीसम्मकी कार्यकारी निर्माता हुन् ।