पुजा जैशिले गरिन आफ्नो १४ औ जन्म दिनमा नमुना अध्ययन गृह लाई सहयोग।

जन्म दिनको अवसरमा अध्ययन गृहलाइ १४ बर्षकि बालिकाले गरिन आर्थिक सहयोग।
प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं १ भुरुवाकी १४ बर् बालिका पुजा जैसिले आफ्नो जन्म दिनको अवसरमा नमुना अध्ययन गृहलाई अक्षयकोषको लागि नगद रुपैया १० हजार सहयोग गरेकी छन।

बालकल्याण माध्यामिक बिद्यालय भुरुवामा कक्षा ८ मा अध्यनरत बालिका पुजाले बिगत ३ बर्ष देखि जम्मा गरेको १० हजार अक्षयकोष निर्माणको लागि आज नमुना अध्ययन गृहमा गएर सहयोग गरेकी छन। नगद रुपैया र केक सहित नमुना अध्यन गृहमा पुगेकी मनकारी बालिका पुजालाई बालबालिकाहरुले भब्य स्वागत गरेका थिए।

कक्षामा सर लगायत साथीहरुले नमुना अध्यन गृहको नाम लागी रहने र अक्षयकोष निर्माणको लागि आर्थिक अभाब शैक्षिक भएको कुरा सुन्दा सहयोग गर्ने ईच्छा जागेर सहयोग रकम प्रदान गरेको उनले बताइन। फेशनको रुपमा रहेको जन्मदिन मनाउदा धेरै पैसा खर्च हुन्छ तर त्यो अनावश्यक रुपैया खर्च गर्नु भन्दा सहयोग गर्न उचित लागेर सहयोग गरेको उनले बताइन।

यति मात्र हैन आगामी दिनमा यसै गरि सहयोग गर्दै जाने प्रतिबद्धता गर्दै,पुजाले आफ्नो जन्म दिन भब्यताका साथ आउँदा दिनहरुमा पनि सामाजिक कार्य गरि मनाउने बताइन उक्त रकम उनले परिवार बाट दसै तिहार लगायतका चाड पर्बमा मिलेको दक्षिणा जम्मा गरेको बताइन।

उनको यो कार्यलाई नमुना अध्ययन गृहको सम्पुर्ण टीमले धन्यवाद सहित जन्म दिनको सुभकामना दिएको अध्ययन गृहका अध्यक्ष जनक सुनारले बताए।