सन्चारकर्मी हिक्मत मगरको पहलमा अनाथालयमा आर्थिक सहयोग।

सन्चारकर्मी हिक्मत मगरको पहलमा अनाथालयमा आर्थिक सहयोग।
प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

साहित्यकार एबम सन्चारकर्मी हिक्मत दर्लामी मगरको पहलमा
काठमाडौ गोकर्ण स्थित सयुक्त एकता अपांग आवाज केन्द्र लाई आर्थिक सहयोग हस्तान्तरण भएको छ।

सयुक एकता अपांग आवाज केन्द्रका सन्चालक तिल बहादुर कार्की संग सामाजिक सन्जाल फेसबुक मार्फत चिनजान भैसकेपछि आफू अपांग भएर पनि ५० जना बालबालिकाको जिम्मेवारी लिएको थाहा पाएर केही भएनी सहयोग गर्न मन लाएर सामाजिक संजाल फेसबुक मार्फत सहयोग अभियान सुरुवात गरेको हिक्मत मगरले बताउनु भयो।

सामाजिक संजाल फेसबुक मार्फत चालेको उहाको अभियान बाट जम्मा भएको रकम ७२५० (सात हजार दुई सय पचास) सयुक एकता अपांग आवाज केन्द्रमा नै गएर सहयोग स्वरुप उहाले सन्चालक तिल बहादुर कार्की लाई बुझाउनु भएको छ।

यी बालबालिका आफ्ना मात्र नभै सबैका भएका बताउदै यसरी सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै अरुलाइ पनि सहयोग गरिदिन सन्चालक कार्किले अपिल गर्नु भएको थियो।

उहाले चाल्नु भएको अभियान लाई निम्न ब्यक्ति हरुले साथ दिनु भएको थियो। उहाहरु सबैलाई अभियान्ता हिक्मत मगरले धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएको थियो।

खकेन्द्र शाही:- १५००
खकेन्द्र भण्डारी:- १०००
मकर रावल :- १०००
बिष्णु भाट :- १०००
रोशन आचार्य :- ५००
महेन्द्र थापा :- ५००
कालुराम चौधरी:- ५००
मनिष रावल:- ३००
प्रेम सोडारी :- २५०
शंकर थापा:-२००