२०६औं भानु जयन्तीको उपलक्ष्यमा नेकपा नेता भिम रावलको मन छुने कविता “खोलेर आँखा राम्ररी हेरौं”

(खोलेर आँखा राम्ररी हेरौं) भिम रावल
प्रकाशित मिति : आइतवार, असार २९, २०७६

२०६औं भानु जयन्तीको उपलक्ष्यमा नेकपाका प्रभावशाली नेता भिम रावलको कविता

२९ असार २०७६, काठमाण्डौ। (खोलेर आँखा राम्ररी हेरौं)

–भीम रावल

खोलेर आँखा देश र संसार राम्ररी हेरौंन
शैली र ढाँचा जति छन् त्याज्य अब त फेरौन,
हामीलाई आशा, भरोसा गरी जनता हेर्दैछन्
नेपाल पछि ब्युउँझेका देश काँचुली फेर्दैछन् ।

नेपाल आमा, कान्ति र आभा सुन्दर खोज्दैछिन्
स्वत्व र गौरव मुटुमा साँच सन्तान हो भन्दैछिन्,
विश्वले हेर्छ हिमाल तिर लुम्बिनी यहीं छ
समृद्धि ल्याउने वरदान सरी प्रकृति जहाँ छ ।

धर्तीको आवाज जन–जनको धड्कन छामेर बुझौंन
हिंडेका पाइला गरेका बाचा फर्केर हेरौंन,
कतिले यहाँ जीवनै दिए काम गरौं इमानले
खोजेको देशले पाउनेछ पक्कै सामुहिक योगदानले ।

के थियो हिजो के भयो आज विचार गरौंन
लिएको लक्ष्य, उद्देश्यतर्फ अगाडि बढौन,
हामीले आज गरेनौं भने कसले देश सपार्ला
जनता र देश संकटमा परे इतिहास धिक्कारला!