गलबन्दी गायिका शान्तिश्री र रुपक परियारको स्वरमा” आइजा सुवा रामारोसन भिडियो सार्बजनिक।

प्रकाशित मिति : बुधबार, असार १८, २०७६

रामारोसन कला सस्कृती संरक्षण प्रतिस्ठान नेपालको प्रस्तुतिमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र रुपक परियारको स्वरमा रहेको”आइजा सुवा रामारोसन” बोलको गितको भिडियो सार्वजनिक भएको छ।

अछामको पर्यटकीय क्षेत्र रामारोसनको बिकास तथा प्रबर्द्धनको लागि महत्त्व बोकेको उक्त गितमा डम्बर रोकाया राकेशको शब्द, लय तथा संकलन गायक रुपक परियारकै रहेको छ भने निर्देशन दल बहादुर साउदको र छायांकन अमित बिकको रहको उक्त भिडियो लाई अनुप बिकले सम्पादन गरेका छन। भने गितमा एरेन्ज सुरेश शाहिको रहको छ। भने दृश्य निर्माण श्रीराम फिल्मस रहेको छ।

रामारोसन लाई नजिक वाट देखाइएको उक्त गितमा सपना आउजी र राजेश लगायतको अभिनय रहेको छ। गितले अछामको पर्यटनमा राम्रो भुमिका खेल्ने गायकको भनाइ छ।

गायकका यस अघि पनि केही गित बजारमा आइसकेका छन। र अझै पनि निरन्तर यसै क्षेत्रमा रहने गायकको भनाइ छ।