शिव परियार र मेलिना राइको आवाजमा “फिलिलिली”, भद्रगोलका बले र सृजनाको रोमान्स

प्रकाशित मिति : शनिबार, असार ७, २०७६

चर्चित गायक शिव परियार र निकै व्यस्त गायिका मेलिना राईको आवाजमा रहेको गीत “फिलिलिली”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सृजना घिमिरेको शब्द सृजना रहेको फिलिलिलीमा संगीतकार बादल घिमिरेले संगीत दिएका छन् । भिडियोमा भद्रगोलका बले अर्थात् सागर लम्साल र सृजना घिमिरेको अभिनय रहेको छ।

सुरेस बस्याललले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन्। शिव र मेलिनाले एकैसाथ गाएको यो पहिलो गीत हो । बादल घिमिरेको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।