टिकापुर घटनाका मुख्य आरोपित सांसद रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार।

सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना।
प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६

काठमाडौ, सुदुरपश्चिम् प्रदेश अन्तर्गत कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनाको मुख्य पात्रको आरोपमा जेल सजाय भोगी रहेका सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना गरिएको छ।

वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष-विपक्षमा टिप्पणी सुरु भएको छ।

कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्। उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्।

लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो।

यस्तै चौधरीको फोक्सोमासमेत गम्भीर समस्या भएको चिकित्सकहरूले बताएका मिठूलालले बताए। ‘चिकित्सले दाजुको स्वास्थ्य गम्भीर छ भनेका छन्’, उनले भने, ‘तर सांसद भइसकेको व्यक्तिलाई अस्पतालको बेडमै नेलकडी बाँधेर राखिएको छ।’

उनी १५ महिनादेखि जेलमा छन्। कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। चौधरीलाई जेलबाट नै सिंहदरबार संसद भवनमा लगेर सपथग्रहण गराइएको थियो । सपथ ग्रहणलगत्तै पुन: उनलाई जेल फिर्ता लगिएको थियो। चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए।