पबित्रा घर्ती मगर र प्रकाश दुराको अभिनयमा “अन्न पानीको प्राण भनिन्छ” गित सार्वजनिक( भिडियो सहित)

प्रकाशित मिति : बुधबार, असार ४, २०७६

पछिल्लो समय थुप्रै गितमा अभिनय गरि सकेकी मोडेल पबित्रा घर्ती मगर र थुप्रै गितमा अभिनय गरेका मोडल प्रकाश दुराको अभिनयमा”अन्न पानीको प्राण भनिन्छ” बोलको गितको भिडियो सार्बजनिक भएको छ।

रितु घर्ती मगरको प्रस्तुतिमा रहेको “अन्न पानीको प्राण भनिन्छ” बोलको उक्त गितमा सुमन कान्छा र रितु घर्ती मगरको स्वर र शब्द संगीत पनि सुमन कान्छाको नै रहेको छ। उक्त भिडियो लाई निर्देशन तिलक रोका मगरले गरेका छन। भने छायांकन कृष्ण जिएम ले गरेका छन र सम्पादन रितु घर्ती मगरको रहेको छ।

माया प्रेम लाई नजिक बाट प्रस्तुत गरेको उक्त गितले माया गर्ने हरु लाई निकै प्रभावित बनाउने मोडेल पबित्रा घर्ती मगर बताउछिन। अझै लामो समय यसै फिल्डमा रहेर काम गर्ने पनि उनी बताउछिन्।