पुर्ब उपप्रधानमन्त्री भिम रावलको पहलमा हतियार सहितका भारतीय प्रहरी प्रकाउ।

प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६

पुर्ब उपप्रधान एबम गृह मन्त्री तथा नेकपाका प्रभावशाली नेता भीम रावलकाे पहलमा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न भारतीय प्रहरी अछाम पुगेको जनाइएको छ । नेता रावलको गृहजिल्ला रहेको अछाम पुगेका भारतीय प्रहरीले नेपाली युवालाई पक्राउ गरेर लैजान लागेको खवर पाएपछि नेता रावलले गृहसचिवलाई फोन गरेर घटनाका बारेमा जानकारी मागेका थिए ।

भारतीय प्रहरी बर्दीमै अछाम पुगेकोबारे पूर्वगृहमन्त्रीसमेत रहेका रावलले कसको अनुमतिमा उनीहरु नेपाल आएको भन्दै गृहसचिवलाई सोधेका थिए । लगत्तै गृहसचिवले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।