बझाङमा जिप दुर्घटना ९ जनाको मृत्यु ४ जना घाइते।

प्रकाशित मिति : सोमवार, असार २, २०७६

सुदुरपश्चिम् प्रदेशको बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् । बझाङको सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अप्ठ्यारो ठाँउमा दुर्घटना भएको बताउदै उद्दारमा समस्य आएको प्रहरीको भनाइ छ। जिप ४०० मिटर तल खसेको प्रहरीले बताएको छ।