नेकपा का नेता एबम पुर्ब शिक्षा मन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६

काठमाडौ ३१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एबम नेपाल सरकारका पुर्ब शिक्षा मन्त्री धनिराम पौडेल( डिआर)को भर्खरै चितवन माडी आफ्नै निवासमा हृदयघातका कारण दु:खद निधन भएको परिवारिक श्रोतले जनाएको छ।

राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री रहेका थिए। उनको असामयिक निधनले नेपाली राजनीतिमा एउटा असल नेता गुमाउनु परेको भन्दै नेता कार्यकर्ताले दुख व्यक्त गरेका छन।