प्रियंका कार्की र पल शाहको अभिनयमा” ब्युटी पार्लर” सार्बजनिक( भिडियो सहित)

प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

अहिलेका ब्यस्त नायक,नायिका हुन पल शाह र प्रियंका कार्की चलचित्रमा मात्र नभै म्युजिक भिडियोमा समेत देखिदै आएका यी अनुहार पछिल्लो समय ब्युटी पार्लरमा देखिएका छन।

रोमान्टिक शैलिको यो म्युजिक भिडियोमा पल शाह र प्रियंका कार्कीको अभिनय रहेको छ भने, भिडियोको निर्देशन सरोज ओलिले गरेका छन। उनी आफै गायक भएपनि यो पटक भने निर्देशकको रुपमा देखिएका छन।

यो गितलाइ अहिले चर्चाको शिखरमा रहेकी गायिका मेलिना राई र पछिल्लो समयमा ब्यस्त हुँदै आएका गायक धुर्ब बिस्कोले गायका हुन। भिडियोमा पल र प्रियंका संगै सकिना इटानी समेत देखिएकी छिन। भिडियो लाई सुदिप बरालले खिचेका छन भने राजीव समरले कोरियोग्राफी गरेका छन। भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन, भने दीपक शर्माको संगीत र श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन।

भिडियोले अहिले दर्सक श्रोताले राम्रो साथ पाइरहेको छ।