मनिष श्रेष्ठ र कविता नेपालीको”तिम्रो ट्याटु” नामक गित सार्वजनिक। ( भिडियो सहित)

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६

नेपाली गित संगीत क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल गायक,कोरियोग्राफर,डान्सर,तथा निर्देशक मनिष श्रेष्ठ र गायिका युनिता शेर्पाको स्वरमा रहेको गीत तिम्रो ट्याटु सार्वजनिक भएको छ ।

गीतमा एरेन्ज उदयराज पौडेलको छ,भने,संगीत गायक स्वयंम मनिष र मनिष बरालले गरेका छन । चर्चामा रहेका मनिष र कबिता नेपालीको उत्कृष्ट प्रस्तुति भिडियोमा देख्न सकिन्छ ।

भिडियोको निर्देशन मनिष आफैले गरेका हुन । भिडियोमा मधराशि ड्रेसमा गरिएको नित्य समेत देखिन्छ । त्यस्तै गीतको कोरियोग्राफर प्रमोद भन्डारीले गरेका हुन भने सम्पादन पवन सुसुलिङ्ले गरेका हुन।

मनिष एक सफल कलाकार हुन भने त्यस्तै कबिता नेपाली बुगि उगि स्टार हुन । गीतको भिडियोमा वाउ कृउ डान्स समुहको नित्य छ भने भिडियोमा रुपा राइको पनि प्रस्तुति देख्न सकिन्छ। गित ओएसार डिजिटल युटुब च्यानलबाट आज शुक्रबार सार्वजनिक भएको हो ।

गायन क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल मनिषको यो गीत अरुभन्दा फरक गीत र भिडियो एक दमै राम्रो बनेको र बनाउन कोसिस गरेको मनिष बताउँछन् ।

मनिष भन्छन फोके क्वाइलिटीमा भिडियो तयार गरेका छौ भिडियोमा कुनै चिजको कमि गरेका छैनौ तपाइहरुले हेरेर सल्लाहा सुझाव दिनु हुन्छ भन्ने अपेक्षा गरेको छु ।