समानुपातिक समाबेशीको संबैधानिक हक बिपरित गरिएको लोकसेवा आयोगको बिज्ञापन खारेज हुनु पर्छ। मदन भुल

प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६

काठमाडौ निबर्तमान अनेरास्ववियू (क्रान्तिकारी) )केन्द्रिय सचिव मदन भुल ले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक समाबेशीको संबैधानिक हक बिपरित गरिएको लोकसेवा आयोगको बिज्ञापन खारेज गर्नु पर्ने बताउनु भयो।

उहाँ भन्नू हुन्छ मुलुकमा संविधान कार्यन्यन गर्दै समाजबाद उन्मुख राष्ट निर्माणको यात्रामा अघि बढिरहेको बेला बिडम्बना लोकसेवा आयोगले समानुपातिक समाबेशीको संबैधानिक हक बिपरित स्थानीयतहका कर्मचारी भर्ना सम्बन्धि भखरै निकालेको बिज्ञापन संविधान बिपरित को कदम हो ।जनताको लामो बलिदान र सङघर्स बाट प्राप्त प्रतिफल समानुपातिक समाबेशीको अधिकार लाई लोकसेवा आयोगले मनपरिरुपमा कटौती गर्ने छुट कुनै पनि हालतमा हुनै सक्दैन।

नेपालको संविधान २०७२को धारा ३८(4),४0(१), ४२(१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला दलित मधेसी थारु जनजाती मुस्लिम पिछडिएका बर्ग क्षेत्र समेत लाई राज्यको निकायमा समानुपातिक समाबेशी हुन पाउने अधिकार लाई यसले आघात पुर्यायको छ तसर्थ यसलाई रोकि संविधानमा नै ग्यारेन्टी गरे बमोजिम निजामती ऐन मार्फत पहिले देखि कार्यनयन गर्दै आइरहे बमोजिम अहिलेको बिज्ञापन लाई खारेज गरि पुनः संविधान बमोजिम काम कार्यबाही गर्नु नै अहिलेको उत्तम बिकल्प हो। उहाँ बताउनु हुन्छ।