नक्सामा भएको कटाँसे बजार जोड्ने सडक खण्डको निर्माण कार्य शुरू

नक्सामा भएको कटाँसे बजार जोड्ने सडक खण्डको निर्माण कार्य शुरू भएको छ
हिक्मत दर्लामी मगर प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

कैलाली, जानकी गाऊँपालिका वडा नम्बर ९ स्थित अमरावती जोड्ने कटाँसे बजार सडक खण्डको निर्माण कार्य शुरू भएको छ । नापि शाखा टिकापुरले उपलब्ध गराएको नक्सा अनुसार ऊक्त सडकको निर्माण कार्य शुरु गर्न लागिएको हो ।

हाल सम्म संन्चालनमा रहेको सडक नक्सा मा नपरेको र नक्सा मा भएअनुसार को सडक खण्ड निर्माण गर्नु पर्ने माग सम्पूर्ण बासिन्दाहरुको भएका कारण र सडक भए विकास हुने भएको हुदा उक्त सडक निर्माणमा ल्याउन लागिएको गाउँका बुद्धिजीवीहरु बताउनु हुन्छ । आर्थिक बर्ष २०७५|०७६ को योजनामा बन्न लागेको सडक यसबर्ष १०२० मिटर बन्ने र उक्त सडक निर्माणमा रु.७,००,०००/- अक्षरुपी सात लाख बजेट छुट्याईएको ९ नम्बरका वडा अध्यक्ष खकेन्द्र भण्डारी ले बताउनु भएको छ ।

कटाँसे नजिकै सडक खण्डमा घर गोठहरु पर्न गएको हुनाले ऊक्त घर गोठहरु एक हप्ता भित्र खाली गरेर सडक निर्माण कार्यमा सहयोग गरिदिन हुन वडा कार्यालयले पत्रचार समेत गरेको छ । अमरावती सम्म जोड्ने सडक खण्ड यस बर्ष बजेट योजना अनुसार ५०० मिटर ग्राभेल सम्पन्न गरिने साथै बाँकी सडक खण्डमा लाईनिङ गरिने र अर्को आर्थिक वर्षमा सडक निर्माण कार्य पुर्ण रुपमा सम्पन्न गर्ने ऊक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मकर रावल ले जानकारी दिनु भएको छ ।