‘म एकदमै खराब पत्नी हुँ’ भन्छिन् अभिनेत्री प्रियंका चोपडा

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

अमेरिकनको च्याट शो ‘द व्यू’ मा अभिनेत्री प्रियंका चोपडाले आफ्ना व्यक्तिगत जीवन बारेमा कुराकानी गरेकी छिन् । उनले आफू पति निक जोनसका लागि एक उत्कृष्ट पत्नी हुन नसकेको बताएकी छिन् ।

प्रियंकाले भनिन् ‘म एकदमै खराब पत्नी हुँ । किनकी मलाई खाना पकाउन आउँदैन । निक दक्षिण अमेरिकाको परिवारका हुन्, जहाँ घरका महिलाहरुलाई स्वादिष्ट खाना बनाउन आउँछ । निककी आमा पनि खाना बनाउन सिपालु हुनुहुन्छ । तर मलाई केबल अण्डा र टोस्ट बनाउन मात्रै आउँछ ।’

शो मा प्रियंकाले उनी र निक जोनसबीचको प्रेम, विवाह र जोनस ब्रदर्सको सुपरहिट एल्बम ‘सकर’ मा काम गर्दाको अनुभवका बारेमा पनि कुराकानी गरेकी थिइन् । प्रियंकाले कार्यक्रममा भनेकी थिइन ‘जब मैले आफूलाई खाना बनाउन आउँदैन भनेर निकलाई भने तब उनले जवाफमा भनेका थिए ‘केही छैन प्रिय, मलाई पनि खाना बनाउन आउँदैन ।’

प्रियंकाले च्याट शो को एक तस्विर उनको इन्स्टाग्राममा सेयर गरेकी छिन् । प्रियंका चोपडा छिट्टै नै यूट्युब च्यानलमा एक विशेष शो लिएर आउँदैछिन् । शोको नाम ‘इफ आइ कुड टेल यू जस्ट वान थिङ्ग’ रहेको छ । यस शोको समय तथा अन्य जानकारी मार्च २७ मा खुलासा गरिनेछ ।

सन्चारकर्मी हिक्मत मगरको पहलमा अनाथालयमा आर्थिक सहयोग।

साहित्यकार एबम सन्चारकर्मी हिक्मत दर्लामी मगरको पहलमा काठमाडौ गोकर्ण स्थित सयुक्त एकता अपांग...

जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण गोष्ठी जानकी ९ अमरावतीमा सप्पन्न। जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण गोष्ठी जानकी ९ अमरावतीमा सप्पन्न।

जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण नेत्रप्रसाद न्यौपाने लम्की,भदौ १४ कैलालीको जानकी गाउँपालिका वडा...

गुजारातमा कच्छ गोर्खा समाजद्वारा भब्य तिज कार्यक्रम हुँदै ।

देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरु अनि विशेष गरेर नेपाली नारीहरु लाई...

रमेश सोडारी र कविता नेपालीको अभिनयमा” क्या हो त कान्छी ” सार्बजनिक ( भिडियो सहित)

काठमाडौ,पछिल्लो समयकि ब्यस्त मोडेल कविता नेपाली र म्युजिक भिडियो हुँदै चलचित्रमा समेत...

सन्तानको जिवनमा संघर्षले भरिएको नाम हो बुवा। शंकर बि.क

सन्तानको जिवनमा संघर्षले भरिएको नाम हो बुवा शंकर बि.क मातृ देवो भव ! पितृ देवो...

हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने ।

हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने । ...